काठमाण्डू– भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री सुनिल लम्सालले नेपालको निर्माण क्षेत्रमा उत्पन्न मूल्यवृद्धि नेपाली इतिहासकै सबैभन्दा धेरै रहेको बताएका छन् ।
प्रतिनिधिसभाको पूर्वाधार विकास समितिमा शुक्रबार सांसदहरुका प्रश्नको जवाफ दिने क्रममा लम्सालले निर्माण सामग्री र इन्धनमा भएको मूल्य वृद्धिका कारण निर्माण कार्य प्रभावित हुँदा मुलुकको समग्र अर्थतन्त्रमै गम्भीर असर पारेको बताए ।
मूल्य वृद्धिको समस्या समाधान गर्न सजिलो नभएको स्वीकारोक्ति उनको थियो । यद्यपि सरकार समाधानका लागि प्रयासरत रहेको दाबी गरे ।
‘हाम्रो अगाडि रहेको मूल्यवृद्धि सामान्य होइन । यो नेपालकै इतिहासको सबैभन्दा ठूलो मूल्यवृद्धि हो’, उनले भने, ‘ निर्माण क्षेत्रका लागि यो एउटा ठूलो संकट पनि हो । हाम्रो जस्तो सानो पुँजी भएको देशमा यसको असर झन् बढी छ ।’
आजभन्दा २० दिन अगाडि नै मन्त्रालयको बजेट घाटा ३७ अर्ब घाटामा रहेको जानकारी उनले दिए । मन्त्री लम्सालले ढुक्क भएर काम गर्न निर्माण व्यवसायीलाई आग्रह गरे । विकासका एजेण्डामा सरकार अनुदार नरहेको दाबी उनको थियो ।




प्रतिक्रिया