इभी गाडी भित्रिदा, विदेशियो २१ अर्बभन्दा बढी रकम

इभी गाडी भित्रिदा, विदेशियो २१ अर्बभन्दा बढी रकम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांकमा पछिल्लो दश महिनाको अवधिमा नेपालमा १६ हजार ३९२ थान विद्युतीय सवारी इभी आयात भएको छ । गत २०८२ साउनदेखि बैशाख मसान्तसम्ममा चीन र भारतीय सीमाबाट संख्यामा इभी आयात भएको हो । विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार, उक्त अवधिमा तीन पाङ्ग्रे विद्युतीय सवारी इभी मात्रै ७ हजार ७८५ थान आयात भएको देखिन्छ ।

त्यस्तै, ५० किलोवाटसम्मको एसेम्बल हुन बाँकी २ थान र ५० किलोवाटसम्मको विद्युतीय कार, जीप र भ्यानहरु २ हजार ८४८ थान इभी आयात भएका छन् । त्यस्तैगरी, ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका कार,जीप र भ्यानहरु ५ हजार २५ थान आयात भएको तथ्यांकले देखाएको छ ।


त्यस्तैगरी, १०१ किलोवाटदेखि २०० किलोवाट क्षमताका ७२३ थान र २०१ भन्दा माथिको क्षमताका ९ वटा इभी गाडी आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । विभागको तथ्यांकअनुसार आयातित ती इभी गाडी आयातमा मात्रै २१ अर्ब २२ करोड रुपैयाँ रकम नेपालबाट विदेशिएको छ ।

सबैभन्दा बढी ५१ किलोवाट क्षमतादेखि १०० किलोवाटसम्मका इलेक्ट्रिक कार, जीप र भ्यान आयात भएका छन् । त्यो क्षमताका इभी आयातमा मात्र १३ अर्ब २ करोड रुपयाँ खर्चिनु परेको छ । त्यस्तै, ५० किलोवाट क्षमतासम्मका इलेक्ट्रिक कार, जीप र भ्यान आयातमा ५ अर्ब र १०१ देखि २०० किलोवाट क्षमताका इलेक्ट्रिक कार, जीप र भ्यान आयात गर्दा २ अर्ब २३ करोड रुपैयाँ विदेशिएको छ ।

आयात गरिएका विद्युतीय कार, जीप र भ्यानबाट सरकारले १२ अर्ब ७३ करोड रुपैयाँ रकम सरकारले राजश्व समेत संकलन गरेको छ ।