काठमाण्डु- शुक्रबार बसेको नेकपा एमालेको सचिवालय बैठक सकिएको छ । भोलि फेरी बस्ने गरी बैठक सकिएको हो ।
आजको बैठकमा पार्टीका ४ जना उपाध्यक्षले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका छन् । उपाध्यक्षहरु बिष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुजी पन्तले ओलीको राजीनामा मागेका हुन् ।
ओलीको राजीनामा मागेपछि बैठकमा चर्काचर्की समेत भएको थियो ।
झण्डै ६ घण्टा बसेको बैठकमा ५ जना उपाध्यक्षहरूले बोलेपछि आजको बैठक सकियो ।
अध्यक्ष ओलीले नेताहरूको कार्य विभाजनको प्रस्ताव सोमबारको बैठकमा राखेका थिए । त्यही प्रस्तावका आधारमा नेताहरूले आ–आफ्ना धारणा राखेका हुन्।
उपमहासचिव लेखराज भट्टका अनुसार बैठक शनिबार ११ः३० बजे पुन: बस्नेछ भने सचिवालयका अन्य १२ जनाले आफ्ना कुरा राख्नेछन् ।




प्रतिक्रिया