सोमबारसम्म दुर्गा प्रसाईंको अनुसन्धान सक्न सर्वोच्चको आदेश

सोमबारसम्म दुर्गा प्रसाईंको अनुसन्धान सक्न सर्वोच्चको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न म्याद थप नगर्न परमादेश जारी गरेको छ ।

न्यायाधीहरू विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आज प्रसाईंले दायरले गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदन खारेज गर्दै सरकारका नाममा उक्त परमादेश गरेको हो ।

जिल्ला अदालत पर्साले पछिल्लोपटक बिहीबार मेडिकल व्यवसायी प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

उक्त अवधिभित्र अनुसन्धान सकेर मुद्दा चल्ने नचल्ने निर्णय भएमा सोही बमोजिम गर्न र नभएमा थुनामुक्त गरी गर्न गराउन आदेश भएको हो ।

उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ।आफूलाई गैरकानुनीरूपमा हिरासतमा राखेको भन्दै प्रसाईंको तर्फबाट बन्दी प्रत्येक्षीकरण निवेदन दर्ता भएको थियो।