काठमाण्डु– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारसँग कांग्रेस मिलेर काम गर्न चाहेको बताएका छन् ।
सुनसरी कोशी गाउँपालिका–१ सिटीहलमा आज नेपाली कांग्रेस केन्द्रीय प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कोशी प्रदेशस्तरी जरा अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
नागरिकको जनजीविकासहित विभिन्न मुद्दामा नेपाली कांग्रेसले सरकारसँग छलफल, संवाद गरेर कार्य गर्न चाहेको उनको भनाइ थियो ।
सरकारले सञ्चालन गरेको संविधान संशोधनको बहसमा नेपाली कांग्रेसको चित्त नबुझेको बताउदै संविधान संशोधन परिपक्व ढङ्गले अगाडि बढाउनुपर्नेमा उनले सुझाव दिए ।
उनले सरकारलाई जबाफदेही बनेर जनजीविकाका सवाल सम्बोधन गर्न आग्रह गरे ।
उनले पद र शक्ति छ भन्दैमा लहडका भरमा सुकुम्वासी बस्ती भत्काउन नपाइने थापाले बताए । ‘सरकारले बस्ती व्यवस्थित गरोस् हाम्रो साथ रहन्छ, ’थापाले भने, ‘ कसैलाई रहर लाग्दैमा सुकुम्वासीको व्यवस्थापन नगरी बस्ती भत्काउन पाइन्छ रु अतिक्रमण भएको भए खाली गर्ने जिम्मेवारी भए पनि कानुनले तोकेको जिम्मेवारी अनुसार काम गर्न चेतावनी दिए ।
थापाले कांग्रेस जिउँदो रहेको भन्दै कमजोर नठान्न आग्रह गरे । ‘संख्या छ भन्दैमा सरकारले दम्भ नपालोस्,’थापाले भने ।




प्रतिक्रिया