काठमाण्डु– नेकपा एमालेको सचिवालय बैठक जारी रहेको छ। गुण्डुस्थित अध्यक्ष केपी ओलीको निवासमा बैठक बसिरहेको हो ।
आजको बैठकमा महासचिव शंकर पोखरेल आफ्नो धारणा राख्नेछन्। शुक्रबारको बैठकमा पाँच उपाध्यक्षमध्ये चार जना उपाध्यक्षहरूले आफ्नो धारणा राख्दैओलीलाई अध्यक्षबाट राजीनामा दिएर पार्टी पुनर्गठनमा सहयोग गर्न सुझाव दिएका थिए ।

शनिबारको बैठकमा उपमहासचिवहरू योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्टपछि ९ जना सचिवहरूले धारणा राख्दैछन् ।





प्रतिक्रिया