रिल्स र टिकटक बनाउनेलाई लक्षित गर्दै ८००० MAH ब्याट्रीसहित सार्वजनिक भयो साओमी १७ म्याक्स

रिल्स र टिकटक बनाउनेलाई लक्षित गर्दै ८००० MAH ब्याट्रीसहित सार्वजनिक भयो साओमी १७ म्याक्स

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- चिनियाँ प्रविधि कम्पनी साओमीले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन साओमी १७ म्याक्स सार्वजनिक गरेको छ । कम्पनीले मे २०२६ मा आयोजित विशेष कार्यक्रममा यो फोन सार्वजनिक गरेको हो । यस पटक कम्पनीले विशेषगरी टिकटक रिल्स तथा भिडिओ कन्टेन्ट निर्माण गर्ने प्रयोगकर्तालाई लक्षित गर्दै ब्याट्री क्यामेरा र प्रदर्शनमा विशेष ध्यान दिएको जनाएको छ ।

नया साओमी १७ म्याक्समा मा ६.९ इन्चको १ ५ के एमोलेड सुपरपिक्सेल फ्ल्याट डिस्प्ले १२०Hz रिफ्रेस रेट तथा ३५०० निट्ससम्मको पिक ब्राइटनेस दिइएको छ । फोनमा Qualcomm Snapdragon 8 Elite Gen 5 प्रोसेसर प्रयोग गरिएको छ । साथै तातो नियन्त्रणका लागि एड्भान्स थ्रीडी रिङ कुलिङ सिस्टम राखिएको कम्पनीको दाबी छ ।

फोनको सबैभन्दा आकर्षक पक्ष भने यसको ८०००mah क्षमताको विशाल सिलिकनकार्बन ब्याट्री हो । कम्पनीका अनुसार यसले ३३ घण्टाभन्दा बढी समयसम्म लगातार भिडिओ स्ट्रिमिङ गर्न सक्छ । यसमा १००W वायर्ड फास्ट चार्जिङ तथा ५०Wवायरलेस हाइपरचार्ज सुविधा पनि उपलब्ध छ जसले करिब एक घण्टाभित्रै फोन पूर्ण चार्ज हुने बताइएको छ ।

फोटोग्राफीका लागि Xiaomi 17 Max df Leica tuned २०० मेगापिक्सेल मुख्य क्यामेरा प्रयोग गरिएको छ । यसमा १/१.४ इन्चको ठूलो सेन्सर र विशेष पिरामिड कोटिङ समावेश गरिएको छ जसले प्रकाशको परावर्तन कम गरी स्पष्ट तस्बिर खिच्न मद्दत गर्ने कम्पनीको भनाइ छ ।

यसका साथै फोनमा ५० मेगापिक्सेलको पेरिस्कोप टेलिफोटो लेन्स दिइएको छ जसले ६ गुणासम्म लसलेस जुम तथा १५ सेन्टिमिटरसम्मको म्याक्रो फोटोग्राफी सपोर्ट गर्छ । ५० मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा र ३२ मेगापिक्सेल फ्रन्ट क्यामेरा पनि समावेश गरिएको छ । कम्पनीका अनुसार यो सेटअप विशेषगरी टिकटक युट्युब सट्र्स र रिल्स बनाउने कन्टेन्ट क्रिएटरलाई लक्षित गरेर तयार गरिएको हो ।

फोनमा Android 16 cfwfl/t HyperOS 3 सञ्चालन प्रणाली दिइएको छ । साथै IP68वाटर तथा डस्ट रेसिस्टेन्ट फिचर र तेस्रो पुस्ताको Dragon Crystal Glass सुरक्षा पनि राखिएको छ जुन सामान्य ग्लासभन्दा २० गुणासम्म बलियो रहेको कम्पनीको दाबी छ ।

१२ GB RAM र २५६ GB स्टोरेज भएको भेरियन्टको मुल्य चीनमा ४२९९ युआन अर्थात करिब ९७ हजार नेपाली रुपैयाँ तोकिएको छ । त्यस्तै १६ GB RAM र ५१२ GB स्टोरेज भएको मोडलको मुल्य ५२९९ युआन अर्थात करिब १ लाख १२ हजार रुपैयाँ रहेको छ ।

हाल यो फोन चीनमा मात्र सार्वजनिक गरिएको भए पनि अन्तर्राष्ट्रिय बजार तथा नेपालमा कहिलेदेखि उपलब्ध हुन्छ भन्नेबारे कम्पनीले आधिकारिक जानकारी सार्वजनिक गरिसकेको छैन ।