अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलनमा भाग लिन पूर्वप्रधानमन्त्री नेपाल रुस प्रस्थान

अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलनमा भाग लिन पूर्वप्रधानमन्त्री नेपाल रुस प्रस्थान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रुस प्रस्थान गरेका छन्।

रसियन कम्युनिस्ट पार्टीको निमन्त्रणामा पूर्वप्रधानमन्त्री नेपाल अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन्।

रुसमा जेठ ११ गते हुने सम्मेलनमा उनले सम्बोधन गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा उनले रसियन कम्युनिस्ट पार्टीको महासचिव गेन्नाडी जुहानोभलगायत शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यसूची छ।

उनले नेपाल र रुसबिचको मैत्री सम्बन्ध, आर्थिक विकास र आपसी हितका विषयमा छलफल गर्नेछन्। उनी यही जेठ १३ गते स्वदेश फर्किनेछन्।

नेता नेपालको नेतृत्वमा पार्टी प्रवक्ता प्रकाश ज्वाला पनि उक्त कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन्।