विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका क्याम्पसको नियमनमा कडाइ गर्दै सरकार

विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका क्याम्पसको नियमनमा कडाइ गर्दै सरकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डू– सरकारले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालन भइरहेका क्याम्पसहरुको नियमनका लागि नयाँ नियामावली ल्याउने भएको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयले नियमावलीको मस्यौदा तयार गरी रायका लागि अर्थ र कानून मन्त्रालय पठाएको छ । अर्थ र कानूनबकाट राय आएपछि मन्त्रिपरिषदमार्फत नियमावली ल्याउने तयारी छ ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका क्याम्पसबारे व्यापक गुनासो आएकाले नियमनका लागि छुट्टै नियमावली खाँचो परेको बताए । फितलो नियमनका कारण ती क्याम्पसको प्रभावकारी नियमन हुन नसकेको उनको भनाइ थियो ।


पोखरेलले शिक्षा नियमावली, शैक्षिक परामर्श संस्था नियमनसम्बन्धी नियमावली र विदेशी विश्वविद्यालयबाट सम्बनधन लिएका क्यासम्पसहरुको नियमनसँग सम्बन्धित नियमावली सँगै अघि बढाइएको जानकारी मन्त्री पोखरेलले दिए ।