विपिन र दिपकलाई लिएर दिल्ली जाँदै रवि लामिछाने

विपिन र दिपकलाई लिएर दिल्ली जाँदै रवि लामिछाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा नयाँदिल्ली जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँगै सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिन आचार्य र प्रतिनिधिसभा सदस्य दिपक बोहरा भ्रमण दलमा रहने भएका छन् ।

भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा रवि २ दिने भ्रमणका लागि १ जुनमा भारत जाँदैछन् ।

भ्रमण दलमा रविपत्नी निकितासँगै सांसदद्वय विपिन र दिपक समेत रहने उच्च स्रोतले जनाएको छ ।

भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय विदेशमन्त्री एस जयशंकर र विदेश सचिव विक्रम मिश्रीलगायतसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनले भारत सरकारका अन्य मन्त्रीहरूसँग पनि भेट गर्नेछन् ।

परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण स्थगित भएको केही दिनपछि लामिछाने भारत भ्रमणमा जान लागेका हुन् । भ्रमणका क्रममा उनले भाजपा मुख्यालयको समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ ।