काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले न्यायाधीशहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा न्यौपानेले न्यायाधीशहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेका हुन् ।
‘न्यायाधीशका सम्पत्ति गोप्य राखिनेछ भन्ने नियमावलीमा भएकाले पारदर्शिता छैन,’ सांसद न्यौपानेले भने, ‘अविलम्ब न्यायाधीशको सम्पत्ति वेबसाइटमा रहने व्यवस्था गर्नपर्यो ।’ न्यायाधीशको सम्पत्ति छानबिन गर्नुपर्यो । ‘स्थानीय अदालतको व्यवस्था छ । तर, यसका निमित्त कानुन बनाएनौं । स्थानीय अदालत गठन गरेर, जिल्ला अदालतको क्षेत्राधिकार बढाएर सर्वोच्च अदालतको चाप घटाऔं,’ उनले भने ।




प्रतिक्रिया