काठमाण्डु– साताको पहिलो कारोबारको दिन साेमबार सेयर बजारमा हरियाली छाएको छ । यसदिन नेप्से २७ अंकले बढेर परिसुचक २७८६ मा पुगेको छ ।
आज कारोबार रकम पनि बढेको छ । शुक्रबार ४ अर्ब ४९ करोडको कारोबार भएकोमा आज ५ अर्ब ९८ करोडको कारोबार भयो ।
कारोबारमा आएका २३५ कम्पनीको मूल्य बढेको छ भने २८ कम्पनीको मूल्य घटेको छ । यस्तै ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।
कारोबार रकमका आधारमा यसदिन आँखु खोला हाइड्रो, रिडी पावर अगाडि रहेका छन् ।
आज थ्रि स्टार हाइड्रोको सेयर मूल्य सबैभन्दा धेरै ९ प्रतिशत र सुपर खुदी हाइड्रोको ८ प्रतिशतले बढ्यो भने बुङ्गल हाइड्रोको सबैभन्दा धेरै १० प्रतिशतले घट्यो ।
यसदिन म्यूचल फण्डबाहेका सबै सूचक बढे । यो सेक्टर ०.२० प्रतिशतले घट्यो । जलविद्युत् समूह सबैभन्द्या धेरै १.५० प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.८५, विकास बैंक ०.६९, फाइनान्स ०.५७, होटल तथा पर्यटन १.०२, लगानी ०.७४, जीवन बीमा ०.६४, उत्पादन तथा प्रशोधन १.३५, माइक्रोफाइनान्स ०.९९, निर्जीवन बीमा ०.९५, अन्य १.२३ तथा व्यापार ०.३२ प्रतिशत बढे ।




प्रतिक्रिया