ईयूको उच्चस्तरीय प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री बालेनले सामूहिक भेटवार्ता गर्ने

ईयूको उच्चस्तरीय प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री बालेनले सामूहिक भेटवार्ता गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– उच्चस्तरीय भ्रमणमा आएको नेपालका लागि युरोपेली संघ (ईयू )को प्रतिनिधिमण्डलले मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्ने भएको छ ।

प्रधानमन्त्रीले शाहले संयुक्तरुपमा २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने भएका हुन् ।

भ्रमण टोलीमा अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, साइप्रस, चेक गणतन्त्र, डेनमार्क, इस्टोनिया, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीस, इटाली, लिथुआनिया, लक्जेम्बर्ग, नेदरल्यान्ड्स, पोल्यान्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन र स्विडेनका राजदूत तथा उपराजदूतहरू सहभागी छन् ।

प्रतिनिधिमण्डलले सोमबार परराष्ट्रमन्त्री शिशिर खनाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलका साथै निजी क्षेत्रका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा युवा नेताहरूसँग पनि भेट गरेका छन् ।

आजको भेटघाटमा परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको हवाई क्षेत्रलाई ईयूको उडान सुरक्षा सूची (कालोसूची) बाट हटाउने प्रक्रियामा सहयोग गर्न आग्रह गरेका छन्।

हवाई सुरक्षाको क्षेत्रमा नेपालले गरेको उल्लेखनीय प्रगति र भइरहेका सुधारलाई ध्यानमा राख्दै उक्त सूचीबाट हटाउन आग्रह गरेका हुन्।

भेटका अवसरमा मन्त्री खनालले नेपालसँग ईयूको निरन्तर विकास साझेदारीको प्रशंसा गर्दै व्यापार, जलवायु कार्य, शिक्षा र जनस्तरको सम्बन्ध जस्ता क्षेत्रमा सहयोग सुदृढ गर्नुपर्नेमा जोड दिएको मन्त्रालयले जानकारी दिएको छ ।