किसानलाई दूधको दैनिक १ करोड भुक्तानी

किसानलाई दूधको दैनिक १ करोड भुक्तानी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डीडीसी) को सुधारको कार्ययोजना अगाडि सारेसँगै दैनिक १ करोड किसानलाई भुक्तानी भइरहेको छ ।

पछिल्लो ४ महिनाकोे करिब ५८ करोड बक्यौता दायित्वमध्ये हाल १२ करोड रकम भुक्तानी भइसकेको छ ।

१ महिनाको रकम आगामी असार १३ गतेभित्र भुक्तानी गर्ने तयारी छ । डीडीसीको हाल दैनिक करिब १ करोडको कारोबार भइरहेको छ । सो रकम दैनिक रूपमा किसानलाई भुक्तानी भइरहेको हो ।

बाँकी रहेको रकम करिब ४६ करोड २ महिनामा भुक्तानी हुनेछ ।

दैनिक कारोबार र भुक्तानी प्रक्रिया नियमित रूपमा अघि बढिरहेकाले बाँकी रकम समेत चरणबद्ध रूपमा किसानको खातामा जम्मा हुने मन्त्री चौधरीले बताइन् । दुग्ध किसानको श्रम र योगदानको सम्मान गर्दै किसानको हितलाई प्राथमिकतामा राखेर समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।