रवि लामिछानेलाई हर्क साम्पाङको आग्रहः भारत गएर लिपुलेक–लिम्पियाधुरा फर्काउन बोल्नु है !

रवि लामिछानेलाई हर्क साम्पाङको आग्रहः भारत गएर लिपुलेक–लिम्पियाधुरा फर्काउन बोल्नु है !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डू– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आसन्न भारत भ्रमणका क्रममा लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउनेबारे कुरा राख्न सुझाएका छन् ।

भारतीय जनता पार्टी (भाजपा) को निम्तोमा लामिछाने केही सहयोगीका साथ आगामी १८ जेठमा दिल्ली जाँदैछन् । राईले सञ्चारकर्मी रहेका बेला लामिछानेले ती विषय उठाउने गरेको स्मरण साम्पाङले गरेका छन् ।

‘रवि लामिछानेजी, अब भारत गएर लिपुलेक लिम्पियाधुरा फर्काउन भारतसँग बोल्नु है’, साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पहिले पत्रकार हुँदा त निक्कै डुक्रिनु भाथ्यो ।’