काठमाण्डु- प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा ३० मिनेट ढिला सुरु भएको छ । आजको बैठकबाट ‘प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक २०८३ र मतदाता नामावली ९पहिलो संशोधन विधेयक २०८३ पारित गरिने सम्भावित कार्यसूची रहेको छ ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले पर्यटन विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछ ।
प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछ ।
यसैगरी मन्त्री गौतमले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक २०८३ र मतदाता नामावली पहिलो संशोधन विधेयक २०८३ माथिको दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।
बैठकमा मन्त्री गौतमले प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक, २०८३ र मतदाता नामावली पहिलो संशोधन विधेयक २०८३ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।




प्रतिक्रिया