काठमाण्डु – प्रतिनिधिसभा सदस्य अनुस्का श्रेष्ठले अन्तर्राष्ट्रिय विमानस्थालहरूमा राष्ट्रिय पहिचान झल्काउने वस्तु राख्न सरकारसँग माग गरेकी छन् ।
प्रतिनिधिसभामा मंगलबार शून्य समयमा बोल्दै श्रेष्ठले विश्वका विभिन्न विमानस्थलहरूमा राष्ट्रिय पहिचान झल्काउने वस्तु राखिएको हुँदा त्यस्तो वस्तु नेपालका विमानस्थलहरूमा पनि राख्न सरकारसँग माग गरिन् ।
‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल चिनाउने स्वाद, हस्तकला र मेड इन नेपाल उत्पादनको उपस्थिति अझै कमजोर देखिन्छ । दैनिक हजारौं यात्रु नेपालबाट प्रस्थान गरिरहँदा स्थानीय उत्पादनको स्वाद बोकेर पठाउन सक्नु नेपालको पहिचान विश्वसामु पुर्याउन सक्ने एक अवसर हो’, उनले भनिन् ।
‘सरकार र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनलाई आग्रह गर्न चाहन्छु विमानस्थलका सबै पसल तथा टेन्डर प्रक्रियामा अनिवार्य रुपमा नेपाली उत्पादनका लागि डेडिकेडेट सेक्सन व्यवस्थापन गरिओस्’श्रेष्ठले भनिन् ।
उनले यसमा साना तथा स्वदेशी उद्योगीहरुलाई प्रथमिकता दिन सुझाव दिइन् ।




प्रतिक्रिया