संविधान संशोधनका लागि गोलमेच सम्मेलन गरौंँ : सांसद् केसी

संविधान संशोधनका लागि गोलमेच सम्मेलन गरौंँ : सांसद् केसी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभामा नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा संविधान संशोधन गर्नुपर्ने सुझाव दिएका छन् ।

सांसद् केसीले संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा आयोग बनाएर र सबैको सहभागितामा गोलमेच सम्मेलन गर्नुपर्ने सुझाव दिएका हुन् ।

प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा बोल्दै केसीले वर्तमान संविधान संशोधन बहस कार्यदल सत्ताको वरिपरि मात्रै घुमेको र यसबाट संशोधनको वातावरण निर्माण हुन नसक्ने दाबी गरे ।

केसीले भने, ‘पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा संविधानविद्, राजनीतिक दल, प्रशासनिक विज्ञ, नागरिक समाजका प्रतिनिधिहरू समावेश गरी शक्तिशाली सर्वपक्षीय आयोग गठन गर्न जरुरी छ ।’

उक्त आयोगमार्फत राष्ट्रिय संवादका लागि गोलमेच सम्मेलन गर्न अतिआवश्यक रहेको उनको भनाइ छ ।

उनले भने, ‘राष्ट्रिय जटिलता, वैश्विक द्वन्द्व र सामाजिक ध्रुवीकरणको अवस्थामा सत्ता वरिपरि केन्द्रित बहसले मात्र संशोधन सफल हुँदैन । बृहत् राष्ट्रिय संवादबाट मात्र यसले वैधता, जनविश्वास र साझा राष्ट्रिय सहमति निर्माण गर्न सक्छ ।’

यसरी दीर्घकालीन स्थिरता, लोकतान्त्रिक विश्वासका साथै राष्ट्रिय एकता मेलमिलापको आधार निर्माण गर्ने पनि उनले बताए ।