काठमाण्डु – पर्सा जिल्ला अदालतले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश दिएको छ।
न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले मंगलबार प्रसाईंलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।
प्रसाईंविरुद्ध दर्ता मुद्दामाथिको सुनुवाइपछि अदालतले उनलाई थुनामा नराखी तारेखमा राखेर अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन आदेश दिएको हो ,प्रहरीले उनलाई जेठ ४ गते पर्साको वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरेको थियो ।
प्रसाईंमाथि विद्युतीय कारोबार ऐन र राज्य विरुद्धको कसुरमा मुद्दा दायर भएको थियो।
प्रसाईंले युट्युबमा महिला, सेना र प्रहरीबारे अपशब्द बोलेको तथा केही राजनीतिक व्यक्तिबारे टिप्पणी गरेको आरोप छ।
उनले एउटा युट्युब च्यानलसँग अन्तर्वार्ता दिँदै प्रधानमन्त्री बालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने, पूर्वमन्त्री कुलमान घिसिङ र सांसद हर्क साम्पाङलाई चलाउने एउटै टिम भएको जिकिर गरेका थिए ।




प्रतिक्रिया