कबिन्द्र बुर्लाकोटीले संसदमा घोषणा गर्दैछन् बालेन्द्र शाहले सम्बोधन गर्ने मिति

कबिन्द्र बुर्लाकोटीले संसदमा घोषणा गर्दैछन् बालेन्द्र शाहले सम्बोधन गर्ने मिति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डू–सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विपक्षी दलहरुबीच सदनको कारबाही सुचारु गराउने सहमति भएको छ ।


रास्वपा, काँग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा प्रमुख सचेतकबीच सिंहदरबारमा भएको अनौपचारिक छलफलमा सहमति भएसँगै संसदको अवरोध हट्ने भएको हो ।

प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्री र सांसदहरुबीच प्रश्नोत्तर कार्यक्रम हुने नियमावलीको व्यवस्था प्रधानमन्त्री बालेन्द्र शाहले उल्लंघन गरेको भन्दै विपक्षीले संसद बैठक अवरुद्ध गर्दै आएका छन् ।

नेकपा प्रमुख सचेतक युवराज दुलालले आजै बस्ने संसद बैठकमा सत्तापक्षले प्रधानमन्त्रीबाट सम्बोधन गराउने प्रतिबद्धता व्यक्त गर्नेछ । रास्वपाका तर्फबाट प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले सम्बोधन गर्ने मिति घोषणा गर्नेछन् ।

‘सत्तापक्षले प्रधानमन्त्रीका तर्फबाट हासउमा बोल्ने प्रतबद्धता व्यक्त गर्र्ने र विपक्षीले सदनको अवरोध हटाउने भन्ने भएको छ’, दुलालले भने ।

छलफलमा रास्वपाबाट बुर्लाकोटी, काँग्रेसबाट बासना थापा,एमालेबाट ऐनबहादुर महर, नेकपाबाट दुलाल, श्रम संस्कृतिबाट आरेन राई र राप्रपाबाट खुश्बु ओली सहभागी थिए ।