काठमाण्डू–सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विपक्षी दलहरुबीच सदनको कारबाही सुचारु गराउने विषयमा भएको केही मिनेटमै तोडिएको छ ।
रास्वपा, काँग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा प्रमुख सचेतकबीच सिंहदरबारमा मंगलबार भएको अनौपचारिक छलफलमा रास्वपाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई बोल्न लगाउने प्रतिबद्धता जनाएको थियो । तर, केहीबेरमै सहमति तोडिएको नेकपा प्रमुख सचेतक युवराज दुलालले बताए ।
दलहरुबीच रास्वपाका तर्फबाट प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले संसदको रोष्ट्रमबाट प्रधानमन्त्रीको सम्बोधनको समय घोषणा गर्ने भनिएको थियो । ‘सत्तापक्षले प्रधानमन्त्रीका तर्फबाट हासउमा बोल्ने प्रतिबद्धता व्यक्त गर्ने र विपक्षीले सदनको अवरोध हटाउने भन्ने भएको थियो’, काठमाण्डुपाटीसँग दुलाले भने, ‘रास्वपा नेतृत्वले सहमति स्वीकार गरेन । कबिन्द्रजीलाई नबोल्न निर्देशन आएको छ ।’
प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्री र सांसदहरुबीच प्रश्नोत्तर कार्यक्रम हुने नियमावलीको व्यवस्था प्रधानमन्त्री बालेन्द्र शाहले उल्लंघन गरेको भन्दै विपक्षीले संसद बैठक अवरुद्ध गर्दै आएका छन् ।




प्रतिक्रिया