मधेशमा मन्त्रिमण्डल विस्तार, नवनियुक्त ५ मन्त्रिले लिए शपथ

मधेशमा मन्त्रिमण्डल विस्तार, नवनियुक्त ५ मन्त्रिले लिए शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अन्ततः मधेश प्रदेश सरकारको मन्त्रिमण्डलले पूर्णता पाएको छ । मुख्यमन्त्री कृष्ण प्रसाद यादवले सत्ता साझेदार दलबीच सहमति जुटेपछि मंगलबार मन्त्रिमण्डल विस्तार गरेका छन् ।

सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच १५ बुँदे समझदारीपत्रमा लिखित सहमति भएपछि मन्त्रिमण्डल विस्तार भएको हो ।

कांग्रेस सभापति गगन थापा निकट मानिएका रौतहटका नागेन्द्र प्रसाद साहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै एमालेका महम्मद समीरलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।

एमालेबाट शारदादेवी थापालाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ भने लखन दासलाई समाज कल्याण तथा खेलकुद मन्त्रालय र मनोज सिंहलाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै नेकपा मधेश प्रदेश संसदीय दलका नेता युवराज भट्टराईलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ

नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

गत वैशाख २२ गते जनमत पार्टी नेपालले नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्ण प्रसाद यादव नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो । त्यसपछि संघीय राजनीतिक समीकरण परिवर्तन भएसँगै कांग्रेस, एमाले र नेकपाबीच नयाँ सहकार्य बनेको हो ।