काठमाण्डु- भुटानका स्वास्थ्यमन्त्री लियोन्पो तान्डिन वाङचुक र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता विच भेटवार्ता भएको छ ।
स्वीट्जरल्याण्ड जेनेभामा विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओको ७९औँ विश्व स्वास्थ्यसभामा भेटवार्ता भएको हो । भेटवार्तामा उनीहरु दुवै राष्ट्रले एकैखाले साझा स्वास्थ्य चुनौतीको सामाना गरिरहेकोमा पारस्परिक सहकार्य आवश्यक रहेकोमा जोड दिएको छ ।
भेटका क्रममा स्वास्थ्य क्षेत्रमा लचिलो, समावेशी र जनमुखी स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ पार्ने विषयमा पनि उनीहरुबीच छलफल भएको डा अधिकारीले बताए।
सो क्रममा उनीहरु दुई देशबीचको स्वास्थ्य प्रणालीलाई थप सुदृढ बनाउन सहकार्य गर्ने विषयमा समझदारी भएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिए।
यसअघि मन्त्री मेहताले सभामा भारतीय र चिनियाँ समकक्षीसँग द्विपक्षीय भेटवार्ता गरेको थियो ।




प्रतिक्रिया