बढ्यो सेयर बजार, ६ अर्ब बढीको कारोबार

बढ्यो सेयर बजार, ६ अर्ब बढीको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– यो साताको अन्तिम कारोबारको दिन सेयर बजार सामान्य बढेर बन्द भएको छ । यसदिन बजार ५ अंकले बढेर परिसुचक २७८२मा पुगेको छ ।

यसदिन कारोबार रकमपनि बढेको छ । हिजो ४ अर्ब ८५ करोडको कारोबार भएकामा यसदिन ६ अर्बको कारोबार भयो ।

कारोबारमा आएका १५१ कम्पनीको मूल्य बढ्दा १०५ कम्पनीको मूल्य घटेको छ । यस्तै १४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

कारोबार रकमका आधारमा यसदिन आँखु खोला जलविद्युत्, रिडी पावर, नेशनल हाइड्रोपावर अगाडि रहेका छन् ।

यसदिन कालिन्चोक हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १४.९८ प्रतिशत,बुंगल हाइड्रोको १३.३७ प्रतिशत मूल्य बढ्यो ।

बैंकिङ ०.२७, विकास बैंक ०.१३, जलविद्युत् ०.०६, लगानी ०.५८, जीवन बीमा ०.६८, माइक्रोफाइनान्स ०.२९, निर्जीवन बीमा ०.५४ र व्यापार समूह ०.७३ प्रतिशत बढे । अन्य ०.३०, उत्पादन तथा प्रशोधन ०.४३, होटल तथा पर्यटन ०.२४ र फाइनान्स ०.३८ प्रतिशत घटे ।