पोखरा पृथ्वीचोकका संरचनामा चल्यो डोजर (तस्बिरहरु)

पोखरा पृथ्वीचोकका संरचनामा चल्यो डोजर (तस्बिरहरु)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पोखराको पृथ्वीचोकमा सार्वजनिक जग्गामा निर्माण गरिएका भौतिक संरचनामा डोजर चलाइएको छ ।

बिहीबार महानगरले उक्त भवनहरु डोजर लगाएर भत्काएको हो । सार्वजनिक जमिनमा विभिन्न मजदुर सङ्गठन र सामाजिक सङ्घ संस्थाले भवन बनाएका थिए।

सहारा क्लब, हिमाली सांस्कृतिक परिवार, सामुदायिक प्रहरी सेवाका संरचनामा डोजर चलाइएको हो ।

हङकङ बजारको अगाडि आज डोजर लगाइएको संरचनाका व्यवासायीले रातिसम्ममा सामान उठाएर उक्त ठाउँ खाली गरेका थिए ।

राजनीतिक संरक्षणका आडमा ती भवनलाई भाडामा लगाएर सीमित संस्थाले गैरकानुनी रूपमा आर्थिक आर्जन गर्दै आएका थिए । महानगरपालिकाले आयोजना गरेको सर्वदलीय र सर्वपक्षीय छलफलपछि राजनीतिक दलका भ्रातृ संस्थालगायतले भवन खाली गर्न राजी भएका थिए ।

महानगरपालिकाले पोखरा बसपार्क क्षेत्रभित्र रहेका पसल कबललगायत सबै संरचना पनि हटाउने तयारी गरेको छ । यही जेठ १० गते पोखरा उपत्यका नगर विकास समितिले सूचना जारी गरी १५ दिनभित्र त्यस्ता संरचना खाली गर्न निर्देशन दिएको हो ।