परराष्ट्र नीति सुदृढ गर्दै विकासमा उपयोग गर्ने सरकारको प्रतिबद्धता

परराष्ट्र नीति सुदृढ गर्दै विकासमा उपयोग गर्ने सरकारको प्रतिबद्धता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई विकास र आर्थिक समृद्धिमा उपयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

टोखा नगरपालिका ९ ले आयोजना गरेको कार्यक्रममा उनले नेपालको परराष्ट्र नीति सन्तुलित मैत्रीपूर्ण र बहुपक्षीय सहकार्यमा आधारित रहेको उल्लेख गरे ।

उनले राहदानी सेवा छिटो बनाइएको विदेशमा रहेका नेपालीका लागि मोफा मित्र एप सुरु गरिएको  जानकारी दिए । साथै भ्रष्टाचार नियन्त्रण र सेवा सुधारका काम अघि बढाइएको बताए ।

कार्यक्रममा गोँगबु क्षेत्रमा भूमिगत पानीको समस्या, चक्रपथ विस्तार र पार्किङ व्यवस्थापनबारे पनि छलफल भएको थियो ।