काठमाण्डु- भोलि सङ्घीय संसद्को संयुक्त सदनमा प्रस्तुत हुने आगामी आर्थिक वर्षको बजेट नयाँ हलबाट प्रस्तुत नहुने भएको छ । प्राविधिक कामहरू पूरा नभएकाले नयाँ हलबाट बजेट वाचन गर्न नसकिने निश्चित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार आवश्यक प्राविधिक तयारी पूरा नभएकाले नयाँ हलबाट बजेट प्रस्तुत गर्न असम्भव भएको हो । उनले प्राविधिक कामहरु पुरा नभएकोले नयाँ हलबाट बजेट बाचन असम्भव भएको बताए ।
अब बजेट हाल प्रतिनिधिसभाको बैठक सञ्चालन भइरहेको कामचलाउ हलबाटै प्रस्तुत हुने देखिएको छ । सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन नयाँ संसद् भवन समयमै सम्पन्न हुन नसक्दा हाल पुरानै हल प्रयोग हुँदै आएको छ ।




प्रतिक्रिया