अघिल्लोभन्दा घटेर आउँदैछ भोलिको बजेट, १८ खर्ब ९० अर्बको सिलिङ

अघिल्लोभन्दा घटेर आउँदैछ भोलिको बजेट, १८ खर्ब ९० अर्बको सिलिङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दैछन् ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झण्डै दुईतिहाइ जनमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारले बजेट प्रस्तुत गर्दैछ ।

निर्वाचनका क्रममा पार्टीले प्रस्तुत गरेको वाचापत्र, सरकार गठन भएपछि सार्वजनिक भएको शासकीय सुधारका १०० बुँदे कार्ययोजना र सदनमा प्रस्तुत विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका आधारमा बजेट आउने बताइएको छ ।

संघीय संसद्का दुवै सदनमा सांसदहरूले दिएको सुझाव, राष्ट्रिय स्वतन्त्र पार्टीले गत फागुन २१ गतेको निर्वाचनमा व्यक्त गरेको वाचापत्र, सरकारको सुशासनको मार्गचित्र लगायतका विषयलाई बजेटको केन्द्रमा राखिएको छ ।

जेठ १५ गते गणतन्त्र दिवसको दिन संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आवको बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

नयाँ संविधान जारी भएपछि हरेक वर्ष जेठ १५ गते नै बजेट प्रस्तुत हुँदै आएको छ । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अपराह्न ४:०० बजे सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

यसपटकको बजेटलाई बढी व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने उद्देश्य राखिएको छ । राष्ट्रिय योजना आयोगले आगामी आवका लागि १८ खर्ब ९० अर्ब बराबरको बजेट सिलिङ तय गरेको थियो ।

सरोकारवाला निकायको सुझावलाई बजेटमा यथेष्ट स्थान दिइएको बताइएको छ । चालू आवको बजेट १९ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको थियो । 

गत भदौ २३ र २४ गते भएको आन्दोलनपछि गठन भएको सरकारका अर्थमन्त्री रामेश्वर खनालले मध्यावधि समीक्षामार्फत बजेटको आकार १६ खर्ब ८८ अर्ब रुपैयाँ बराबर बनाएका थिए ।