कम्बोडियाले गर्‍यो ६०२ जना नेपालीको जरिबाना शुल्क मिनाहा, तत्काल नेपाल फर्किन अनुरोध

कम्बोडियाले गर्‍यो ६०२ जना नेपालीको जरिबाना शुल्क मिनाहा, तत्काल नेपाल फर्किन अनुरोध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– कम्बोडिया सरकारले नेपाली नागरिकहरूको भिसा अवधि नाघेपछि लाग्ने जरिबाना मिनाहा गरेको छ।

थाइल्यान्डस्थित नेपाली राजदूतावासको अनुरोधमा कम्बोडिया सरकारले विभिन्न चरणमा हालसम्म आठौँपटक गरी ६०२ जनाको जरिबाना शुल्क मिनाहा गरेको हो।

नेपाली नागरिकहरू नेपाल फर्कदाँ कम्बोडिया सरकारलाई तिर्नुपर्ने जरिवाना तथा शुल्क मिनाहा गराउने उद्देश्यले यस राजदूतावासले १ मे २०२६ देखि विवरण संकलन कार्य सञ्चालन गरेको थियो।

हाल सम्म संकलित विवरणअनुसार राहदानी हराएका सम्पूर्ण नेपाली नागरिकहरूका लागि एकतर्फी यात्रा अनुमति पत्र तयार गरी कम्बोडिया पठाइसकिएको छ।

तोकिएको अवधिभित्र आफ्नो मुलुक नफर्किने विदेशी नागरिकहरूलाई कम्बोडिया सरकारले हालै लागू गरेको नयाँ कानूनी व्यवस्था अनुसार पक्राउ गरी कडा कारवाहि गर्ने र जरिवाना तथा कैद सजायसमेत हुने व्यवस्था गरेको छ।

राजदूतावासले भिसा अवधि समाप्त भइसकेपछि पनि कम्बोडियामा बसिरहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई एक हप्ताभित्र अनिवार्य रूपमा नेपाल फर्किन अनुरोध गरेको छ ।