गड्यौलाको मल उत्पादनबाट आत्मनिर्भर

गड्यौलाको मल उत्पादनबाट आत्मनिर्भर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका १९ बागफाँटाका ३९ वर्षीय महेशबहादुर सिंह व्यावसायिक गड्यौला मल (वर्मी कम्पोस्ट) उत्पादनमार्फत आत्मनिर्भर किसानका रूपमा स्थापित भएको छ ।

पाँच वर्षअघिसम्म राजनीतिमा सक्रिय सिंह अहिले जैविक मल उत्पादन र कृषि उद्यममा पूर्ण रूपमा संलग्न भएको हो।राजनीतिभित्रको गुटबन्दी र असन्तुष्टिका कारण उनी कृषि क्षेत्रमा उत्पादनमुखी जीवनयापन सुरु गरिरहेको छ।

डेढ वर्षअघि बागफाँटामा करिब आठ कट्ठा जमिन भाडामा लिएर गड्यौला मल उत्पादन सुरु गरेको अहिले स्थानीय तथा छिमेकी जिल्लाबाट बढ्दो माग पूरा गर्न नसकिएको बताए ।

धनगढी, डडेल्धुरा र स्थानीय बजारमा गड्यौला मलको माग अत्यधिक छ । उनले मलले माटोको उर्वराशक्ति बढाउने मात्र नभइ विषादीरहित उत्पादनमा सहयोग गर्ने बताए ।

उनका अनुसार करिब १५ लाख रुपैयाँ लगानीमा सुरु गर्न सकिने यो व्यवसाय युवाका लागि रोजगारी र आत्मनिर्भरताको राम्रो अवसर हो । हाल उनले प्रतिकिलो २५ देखि ३० सम्ममा मल बिक्री गर्दै आएको छ भने हालसम्म करिब १०० क्विन्टल मल बिक्री भइसकेको छ ।

उत्पादनसँगै सिंहले छाडा पशु व्यवस्थापनका लागि गौशाला पनि सञ्चालन गरिरहेको छ । उनले रसायनमुक्त समाज निर्माणका लागि जैविक खेतीलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।

कृषकलाई अनुदान, प्रविधि र प्रोत्साहन आवश्यक भएकोले स्थानीय तहले यस्ता उद्यमलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

कञ्चनपुरमा सीमित रूपमा मात्रै गड्यौला मल उत्पादन भइरहे पनि यसको विस्तार आवश्यक रहेको उनको धारणा छ। रासायनिक मलले माटोको उर्वराशक्ति घटाउने भएकाले जैविक मलतर्फ आकर्षण बढाउनुपर्नेमा जोड दिए।