काठमाण्डु –जिल्ला प्रशासन कार्यालय चितवनबाट राहदानी प्राप्त गर्न चाहने सेवाग्राहीले ५५ को हुलाक टिकट खरिद गरेपछि अब घरघरमा राहदानी पुग्ने भएको छ ।
जिल्ला हुलाक कार्यालयले चितवनले घरघरमा राहदानी पुर्याउन सुरु गरेको हो । हाल दैनिक २० देखि ३० थान राहदानी घरघरमा पुर्याउन थालिएको कार्यालय प्रमुख शालिकराम बस्यालले जानकारी दिए ।
पहिले चिठीपत्र पुर्याउन कार्यमा सीमित हुलाक सेवा अहिले पार्सल, इसएमएसल तथा राहादनीलगायत सेवा घरघरमा पुर्याउन मा लागिपरेको छ । सरकारले जारी गरेको प्रशासनिक सुधारसम्बन्धी १०० बुँदे कार्ययोजना लागू गर्ने कार्यअन्तर्गत घरघरमा सेवा पुर्याउन थालिएको हो ।
हुलाक सेवामार्फत हाल ७१ देशका ९३ गन्तव्य सहरसम्म सेवाको पहुँच रहेको जिल्ला हुलाक कार्यालयले बताएको छ ।
भरतपुर महानगरपालिकाभित्र पाँच वटा, राप्ती नगरपालिकामा चार वटा तथा खैरहनी र रत्ननगर नगरपालिकामा एक एक वटा अतिरिक्त हुलाक कार्यालय सञ्चालनमा छन् ।
जिल्ला हुलाक कार्यालय तथा मातहतका कार्यालयमा स्थायी, अस्थायी र करार गरी ७२ जना कर्मचारी कार्यरत छन् ।




प्रतिक्रिया