काठमाण्डु – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रेमिट्यान्सलाई उपभोगबाट उत्पादनमा परिणत गर्न ‘विप्रेषण लगानी मिलान कोष’ सञ्चालन गरिने जनाएका छन् ।
संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को अनुमानित आय–व्ययको विवरण प्रस्तुत गर्दै उनले वैदेशिक रोजगारीमा रहेका व्यक्तिको कमाइलाई उत्पादनमूलक क्षेत्रमा लगाउन प्रेरित गरिने जानकारी दिए ।
वैदेशिक रोजगारीलाई सहज र शून्य लागतको बनाउन समेत सरकारले योजना ल्याएको छ ।




प्रतिक्रिया