मन्थलीमा निर्माणाधीन पक्की पुल अन्तिम चरणमा

मन्थलीमा निर्माणाधीन पक्की पुल अन्तिम चरणमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- रामेछाप जिल्लाको मन्थली नगरपालिका ७ र खाँडादेवी गाउँपालिका ४ जोड्ने भटौली खोलामाथि निर्माणाधीन पक्की पुल अन्तिम चरणमा पुगेको छ । एउटा मात्र स्पान रहेको यो पुल यही जेठ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यसहित कामले तीव्रता पाएको हो ।

बागमती प्रदेश सरकारको तीन करोड ३३ लाख ६५ हजारको लागतमा उक्त पुल निर्माण भइरहेको निर्माण व्यवसायी दीपक थापाले जानकारी दिए ।

तीन वर्षअघिदेखि काम थालिएको उक्त पुलको पहिलेको डिजाइन परिवर्तन गर्नुपरेकाले निर्माणमा केही समय ढिला भएको जिल्ला पूर्वाधार कार्यालयका प्रमुख ज्यानेन्द्रप्रसाद पुनले जानकारी दिए ।

पुल सम्पन्न  भएपछि माडीसहित आसपासका क्षेत्रमा उत्पादन हुने सागसब्जी तथा अन्य कृषि उपज जिल्ला सदरमुकाम र राजधानी काठमाण्डुसम्म पुर्‍याउन सहज हुने उनले बताए।

यसले नागरिकको आवागमन सहज हुनुका साथै उत्पादित कृषि उपजको बजारीकरण हुने खाँडादेवी गाउँपालिका ४ का स्थानीय खेमबहादुर खत्रीले बताए ।