ब्याङ्ककमा नेपाल-थाइल्याण्ड पर्यटन प्रवर्द्धन कार्यक्रम

ब्याङ्ककमा नेपाल-थाइल्याण्ड पर्यटन प्रवर्द्धन कार्यक्रम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- मुलुकमा अधिकभन्दा अधिक थाई पर्यटक भित्र्याउने उद्देश्यले शुक्रबार ब्याङ्ककमा त्यहाँका पर्यटन व्यवसायीहरुबीच छलफल गरिएको छ ।

छलफलमा थाइल्याण्डका लागि नेपालका राजदूत धनबहादुर ओलीले नेपाल र थाइल्याण्डबीचको ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउन पर्यटनले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

दूतावासका अनुसार व्यवसायीहरुलाई नेपालका पर्यटन गन्तव्य, बौद्ध तीर्थस्थल, हिमाली साहसिक पर्यटन, प्रकृति तथा सांस्कृतिक सम्पदाबारे विस्तृत जानकारी दिइएको थियो ।

कार्यक्रममा सहभागी व्यवसायीहरूले नेपाललाई थाई पर्यटकहरूका लागि आकर्षक, सहज पहुँचयोग्य तथा बहुआयामिक पर्यटन गन्तव्यका रूपमा प्रस्तुत गरेका थिए ।

तेह्र वर्षअघि ४० हजार ९६९ पर्यटक थाइल्याण्डबाट नेपाल आएकामा गत वर्ष ३० हजार २४३ थाई पर्यटकले नेपाल भ्रमण गरेका तथ्याङ्क प्रस्तुत गरेको थियो ।

कार्यक्रमका माध्यमबाट दुवै देशका निजी क्षेत्रबीच प्रत्यक्ष व्यावसायिक सम्बन्ध विस्तार गर्न, नयाँ साझेदारीको सम्भावना पहिचान गर्न तथा पर्यटन प्रवद्र्धनका लागि मद्दत पुग्ने दूतावासले व्यक्त गरेको छ ।