काठमाण्डु- सरकारले देशभरका दलित बालबालिकालाई दिइने पोषण भत्ता दोब्बर बनाएको छ। बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मासिक पोषण भत्ता एक हजार रुपैयाँ पुर्याइएको जानकारी दिए।
अब एक जना दलित बालबालिकाले मासिक भत्ताबापात एक हजार रुपैयाँ पाउने भएका छन्। यसअघि त्यस्ता बालबालिकाले मासिक पाँच सय रुपैयाँ पाउँदै आएका थिए।
त्यस्तै, उच्च गरिबी भएका र मानव विकास सूचकांकमा पछाडि परेका मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका २० जिल्लाका बालबालिकाले पाउने पोषण भत्तालाई निरन्तरता दिइनेछ ।
सरकारको यो निर्णयले आर्थिक रूपमा कमजोर परिवारका बालबालिकाको पोषण, स्वास्थ्य तथा हेरचाहमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया