काठमाण्डु – अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३–८४ को बजेटका विषयम आइतबार पत्रकार सम्मेलन गर्दैछन् ।
मन्त्री वाग्लेले बजेटका विषयमा सञ्चारकर्मीहरूसँग अन्तर्क्रिया गर्न लागेका हुन् ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयको सुवर्ण हलमा दिउँसो ३ बजे अन्तर्क्रिया हुने अर्थमन्त्रीको जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाले जानकारी दिए ।
अर्थमन्त्री वाग्लेले शुक्रबार २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका थिए ।




प्रतिक्रिया