प्रचण्डको स्वास्थ्य अवस्था कस्तो छ ?

प्रचण्डको स्वास्थ्य अवस्था कस्तो छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– उपचाररत नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्य सुधारोन्मुख रहेको छ ।

चिकित्सकले दिएको जानकारीअनुसार सुधार जारी रहे सोमबारसम्ममा डिस्चार्ज गरिने छ ।

प्रचण्डलाई केही दिनदेखि ज्वरो आएको थियो । परीक्षणमा ‘माइल्ड निमोनिया’ देखिएपछि चिकित्सकले भर्ना हुन सुझाव दिएका थिए । उनलाई उपचारका लागि शनिबार बिहान मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।

प्रचण्ड यही जेठ ७ र ८ गते सुदूरपश्चिमस्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा गएर फर्किएदेखि अस्वस्थ भएका थिए ।

प्रचण्डलाई अस्पतालमा भेटेका युवा नेता रामप्रसाद सापकोटा ९दीपशिखा०ले पनि प्रचण्डको स्वास्थ्य सुधारोन्मुख रहेको जनाएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘स्वास्थ्य अवस्था सुधारोन्मुख छ, हल्का निमोनिया देखिएपछि अहिले उपचार चलिरहेको छ । भोलिसम्म हस्पिटलमै बसेर डिस्चार्ज हुँदै हुनुहुन्छ ।’