बजेट नुन र अमिलो नलागेको अचारजस्तोः सांसद् तिमिल्सिना

बजेट नुन र अमिलो नलागेको अचारजस्तोः सांसद् तिमिल्सिना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की सांसद गोमादेवी तिमिल्सनाले १५ जेठमा अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसदमा प्रस्तुत गरेको बजेट नुन र अमिलो नलागेको अचार जस्तो भएको टिप्पणी गरेकी छन् ।

आइतबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै उनले बजेट मुलुकको आवश्यकता अनुसार नआएको बताइन् । बजेटले गरिब, किसान मजदुर र सुकुमबासीलाई उपेक्षा गरेको आरोप उनको थियो ।

सरकारले उद्योग सञ्चालन गर्ने बताए पनि बजेट विनियोजन नगरेको बताइन् ।

‘अर्थमन्त्रीबाट प्रस्तुत भएको २०८३/०८४ को बजेट उहाँहरूले अत्यन्तै मेहनतका साथ ल्याउनुभएको होला’, तिमिल्सिनाले भनिन्, ‘ तर हामीलाई कताकता नुन र अमिलो नलागेको अचार जस्तै महसुस भएको छ ।’