काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नियमावलीको व्यवस्था उल्लंघन हुने गरी प्रश्नोत्तरमा सहभागी हुन चाहेको भन्दै विपक्षी दलले प्रतिनिधिसभा बैठकमा आपत्ति जनाएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठक सुरु हुनासाथ प्रधानमन्त्री शाहले उठेर समय मागेका थिए । सभामुख डोरप्रसाद अर्याल (डिपी) ले समय दिएपछि उनी संसदको रोष्ट्रममा गए ।
अर्यालले प्रधानमन्त्रीलाई बोल्न समय दिए । लगत्तै नेकपा प्रमुख सचेतक युवराज दुलालले नियमापत्ति जनाए । उनले नियमावलीमा व्यवस्था भएअनुसार कार्यसूचीमै नराखी प्रश्नोत्तर गर्न नमिल्ने बताए ।
नियमावली मिचेर प्रधानमनमन्त्री जवाफ दिन रोष्ट्रममा उभिएको भन्दै आपत्ति जनाए । उनले प्रश्नोत्तरका लागि तीन दिनअघि नै प्रश्न प्रधानमन्त्रीलाई बुझाउने र एक घण्टा प्रश्नोत्तर चल्ने व्यवस्था सम्झाए ।
एमाले प्रमुख सचेतक ऐनबहादुर महरले पनि दुलालकै जस्तो नियमावली मिचिएको बताए ।




प्रतिक्रिया