काठमाण्डु– सरकारले लिपुलेकमा चीन र भारतले खोलेको व्यापारिक मार्गबारे भारत र चीनलाई डिप्लोमेटिक नोट पठाएको जानकारी दिएका छन् ।
प्रतिनिधिसभा बैठकमा सांसद्हरुको प्रश्नमा जवाफ दिदैं प्रधानमन्त्री बालेन्द्र शाहले त्यस्तो जानकारी गराएका हुन् ।
एमाले सांसद पद्मा अर्यालले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री शाहले भने, ‘लिपुलेख र लिम्पियाधुरामा भारत र चीनले बनाएको व्यापारी मार्गको बारेमा डिप्लोमेटिक नोट पठाएको छ । जवाफ पनि आएको छ ।’
यस्तै उनले आफूले प्रधानमन्त्री भएपछि नेपालले पनि भारतको जमिन धेरै ठाउँमा मिचेको थाहा पाएको बताएका छन्।




प्रतिक्रिया