सुकुम्वासीका विषयमा बालेन- ३५ वर्षमा समाधान नभएको कुरा ३५ मिनेटमा नखोज्नुस

सुकुम्वासीका विषयमा बालेन- ३५ वर्षमा समाधान नभएको कुरा ३५ मिनेटमा नखोज्नुस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाहले काठमाण्डुको सुकुम्वासीका विषयमा ३५ वर्षमा नभएको समाधान ३५ मिनेटमा नखोज्न आग्रह गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले सरकारले संवेदनशील अवस्थामा रहेका नागरिकहरुको व्यवस्थापन गरिरहेको बताए ।

‘उहाँहरुको एकदमै संवेदनशील अवस्थामा हुनुहुन्थ्यो । म स्थानीय सरकारमा हुँदा नै संघ सरकारलाई उनीहरुलाई स्थान्तरण गरेर होल्डिङ सेन्टरमा राख्नुपर्ने र वास्तविक सुकुम्वासीको पहिचान गर्नुपर्ने सुझाव दिएको थिएँ । अहिले त्यही अनुरुप काम भइरहेको छ । ३५ वर्षमा समाधान नभएको कुरा ३५ मिनेटमा नखोज्नुस ।