तत्काल बाँदर नियन्त्रण सम्भव छैन, अध्ययन हुँदैछः प्रधानमन्त्री

तत्काल बाँदर नियन्त्रण सम्भव छैन, अध्ययन हुँदैछः प्रधानमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बाँदर नियन्त्रण गर्न सजिलो नभएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले बाँदर नियन्त्रण सजिलो नभएको बताए । विदेशमा पनि बाँदर नियन्त्रण खर्चिलो हुने गरेको उदारहण उनले दिए ।

बाँदरको समस्या समाधानका लागि अध्ययन समिति बनेको र समितिले प्रतिवेदन दिएपछि सरकारले काम गर्ने प्रतिबद्धता उनको थियो ।

‘विदेशतिर कित पुरै खेतलाई वाइरिङ गरेर राखिन्छ, मानव बस्ती र जंगली जनावारलाई अलग गरेर राखिन्छ । यससम्बन्धी अध्ययन गर्न समिति पनि बनेको छ । अध्ययन पनि भइराखेको छ । यो असाध्यै पेचिलो विषय भएको भएर तुरुन्तै गर्न नसकिने विषय भएकोले यसलाई हामीले विभिन्न देशमा कुन उपाय लगाइएका छन् । हामी हत्या-हिंसामा नजाऔं भन्ने सोच भएर त्यो भन्दा ‘अल्टरनेटिभ वे’ के हुन सक्छ । त्यो सोच्दैछौं । समितिको अध्ययन रिपोर्ट आइसकेपछि त्यो रिपोर्ट अनुसार सरकारले काम गर्नेछ’,बालेनले भने ।