अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि नेपालमा यथावत

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि नेपालमा यथावत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत रहेको बताएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।

निगमका अनुसार यसअघिजस्तै पेट्रोलको भाउ पहिलो वर्गको लागि लिटरको २ सय १४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गको लागि २ सय १६ रुपैयाँ र तेस्रो वर्गको लागि २ सय १७ रुपैयाँ रहेको छ ।

यस्तै डिजेल तथा मट्टीतेलको भाउ पनि यसअघिजस्तै पहिलो वर्गको लागि २ सय २२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गको लागि २ सय २४ रुपैयाँ र तेस्रो वर्गको २ सय २५ रुपैयाँ कायम रहेको निगमले जनाएको छ ।

यस्तै हवाई इन्धनको आन्तरिकतर्फ २६९ रुपैयाँ रहेको जनाएको छ । एलपी ग्यासको १४।२ केजीको मूल्य २१६० रहेको निगमले जनाएको छ ।