कोशी प्रदेशमा अनुदानको मल बिक्रीमा

कोशी प्रदेशमा अनुदानको मल बिक्रीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कोशी प्रदेशमा किसानलाई अनुदानको मल बिक्री गर्न रासायनिक मल अनुदान निर्देशिका २०८२ लागू गरिने भएको छ ।

पालिका उपाध्यक्ष, कृषि विकास अधिकृत र प्रशासकीय अधिकृतसहितको समितिले निर्णय गरेर रासायनिक मल वितरण गर्न लागिएको कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख कमल पोखरेलले बताए । 

कोशी प्रदेशको १४ जिल्ला र मधेस प्रदेशका सिरहा र सप्तरी जिल्लामा मौज्दातका रुपमा रहेको डिएपी, युरिया, पोटास र कृषि चुन गरी कुल १५ हजार ९२१ मेट्रिक टन बिक्री  गर्न लागिएको हो । जसमा डिएपी एक हजार ८२९ मेट्रिक टन, युरिया १० हजार ८४२ मेट्रिक टन, पोटास तीन हजार ९१ मेट्रिक टन र कृषि चुन १५९ मेटिक टन रहेको छ । 

वितरण गरिने डिएपी ५० केजी (एक बोरा) को दुई हजार २००, युरियाको ५० केजीको ७५०, पोटास ५० केजीको एक एक हजार ६०० र कृषि चुन ५० केजीको ४३० कायम गरि बिक्री गरिने भएको  छ ।