एन महरको प्रश्न- प्रधानमन्त्रीले विदेशीहरूलाई खुसी बनाउने रणनीति लिनुभएको हो ?

एन महरको प्रश्न- प्रधानमन्त्रीले विदेशीहरूलाई खुसी बनाउने रणनीति लिनुभएको हो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा एमालेका सचेतक ऐन महरले प्रधानमन्त्री बालेन शाहले भारतको चाकडी गरेको हुनसक्ने आशङ्का व्यक्त गरेका छन् ।

आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले विदेशीहरूलाई खुसी बनाउन खोजेको आरोप लगाएका हुन्।

उनले भने, ‘प्रधानमन्त्रीको अभिव्यक्तिपछि भारतीय मिडियाहरूमा खुसी मनाउने काम भयो, के हाम्रो प्रधानमन्त्रीले विदेशीहरूलाई खुसी बनाउने रणनीति लिनुभएको हो ?, आजै रास्वपाका सभापति भारत भ्रमणमा जानुभएको छ, प्रधानमन्त्रीले भ्रमणको माहौल बनाउनुभएको हो ? गम्भीर प्रश्न सिर्जना भएको छ।’

उनले यो रेकर्ड हटाउँदै माफी माग्न माग्न समेत आग्रह गरे । ‘यो सदन, यो व्यवस्था, यो संविधान हाम्रा अग्रज र नेपालीले ठूलो योगदान दिएर, रगत बगाएर ल्याएको हो । तर प्रधानमन्त्रीले राष्ट्रघाती देशद्रोही अभिव्यक्ति दिनु भयो । यसको रेकर्ड हटाउँदै माफी माग्न माग गर्दछु,’ उनले भने, ‘लिपुलेक, लिम्पियाधुरा कालापानी सुस्ता हाम्रो भूमि हो । नेपालले कतै एक इन्च भूमि मिचेको छैन । थाहा छैन भने पढे हुन्छ । अध्ययन गरे हुन्छ । नजाने हामीसँग सिक्न आए हुन्छ ।’

यस्तै उनले प्रधानमन्त्री बालेन शाह ड्रेस फुटबल खेल्नेले लगाउने जस्तो भएको बताए । उनले भने ‘संसद्को गरिमा कायम गरिनुपर्छ । यो कुनै फुटबल खेल्ने, फेसन शो गर्ने ठाउँ हैन । सेनाले आयोजना गरेको कार्यक्रम नेपाली पोषाकमा जानुहुन्छ,’ उनले भने, ‘ तर उहाँ सदनमा आउनुहुन्छ फुटबल खेल्ने ड्रेसमा ।’