काठमाण्डु–नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सरकार नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतीय भूमि अतिक्रमण गरेको अभिव्यक्ति दिनु शंकास्पद रहेको आरोप लगाएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा नेकपा प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीको अभिव्यक्ति सभापति लामिछानेको भ्रमणको अवसरमा दिएको उपहार त होइन ? भन्ने प्रश्न गरे ।
दुलालले सभापति लामिछानेलाई भारतीय नेतृत्वसामु प्रधानमन्त्रीको गलत अभिव्यक्ति विनओभर गर्दै भूमिसम्बन्धी अडान राख्न सफलता मिलोस भन्ने कामना पनि गरे ।
‘सरकारवादी दलका सभापतिको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री दौडिएर आएर यो अभिव्यक्ति दिनु भारत भ्रमणको अवसरमा भारतलाई दिएको उपहार त होइन ? गम्भीर संशय पैदा भएको छ’, दुलालले भने, ‘हामी शुभकामना दिन चाहन्छौं सत्तारुढ दलका सभापतिलाई भारत भ्रमणमा प्रधानमन्त्रीको गलत अभिव्यक्तिमाथि ‘विन ओभर’ गर्दै आफ्नो भूमिसम्बन्धी अडान कायम राख्न सफलता मिलोस् ।’
प्रधानमन्त्रीको जवाफी अभिव्यक्तिमा देशको मिचिएको भूमि प्राप्त गर्न चाहिने दृढ राष्ट्रिय इच्छा शक्ति, निडरता र कुटनीतिक परिपक्वता नदेखिएको र अर्कोतर्फ सीमा क्षेत्रका नागरिकले खोतीपाती गरेको विषयसॅग देशको भूमिमा भारतीय सैनिक परेड खेलेर देशको भूमि कब्जा गरेर प्रयोग गरेको विषयको तुलना गर्नुमा गम्भीर राष्ट्रिय आत्मसमर्पणवादी चिन्तन देखिने आरोप दुलालले लगाए ।
प्रधानमन्त्रीले इंग्ल्याण्ड भन्दै हालको बेलायत र तत्कालीन तत्कालीन ब्रिटिसको समेत प्रसंग निकाल्नु आत्मसमर्पणवादको अर्को पारकाष्ठा भएको टिप्पणी उनले गरे ।
‘सीमा क्षेत्रका नागरिकले खोतीपाती गरेको विषयसॅग देशको भूमिमा भारतीय सैनिक परेड खेलेर देशको भूमि कब्जा गरेर प्रयोग गरेको विषयको तुलना गर्नुमा गम्भीर राष्ट्रिय आत्मसमर्पणवादी चिन्तन देखिन्छ’, दुलालले भने, ‘अझ प्रमले ईंगलैण्ड सरकारसॅग अहिलेको युके, तत्कालीन ब्रिटिसको समेत प्रसंग निकाल्नु आत्मसमर्पणवादको अर्को पारकाष्ठा हो ।’
प्रधानमन्त्रीले नेपालले पनि धेरे ठाउँमा भारतको भूमि मिचेको रहेछ भनेर दिएको अभिव्यक्ति सीमा समस्यासम्बन्धी अज्ञानताका साथै गम्भीर राष्ट््रहीत विपरीतको अभिव्यक्ति भएको आरोप उनले लगाए ।
सार्वभौम राष्ट््रका प्रधानमन्त्रीले तथ्यहीन विषय बोल्नु गम्भीर गल्ती भएको र परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको बचाउमा दशगजाको विषयलार्इ लिएर ‘क्रस बोर्डर अकुपेन्सी’ को कुरा भनेर झुठलाई तोडमरोड गर्नु अर्को गल्ती भएको बताए ।
। लिपुलेक, लिम्पयाधुरा, कालापानी लगायत नेपालको करिब ६० हजार हेक्टर भूमि भारतले अतिक्रमण गरेको नेपालको राष्ट्रिय दाबी रहेको उल्लेख गर्दै भारतीय सेनाबाट भएको यो अतिक्रमणको तुलना दशगजामा वारिपारी खेतीपाती गरिएको कुरासँग तुलना गर्ने विषय नै नभएको तर्क दुलालको थियो ।
‘न भारतले नेपालले यहाँ हाम्रो सीमा मिच्यो भनेको छ, न हाम्रो सेनाले कुनै भारतीय भूमी कब्जा गरेर नै बसेको छ, न कुनै त्यस्तो तथ्याङ्क नै छ । अतः नेपालले भारतको भूमि मिचेको छैन’, दुलालले भने, ‘पुर्खाहरुले शीरको बली चढाएर बचाएको हाम्रो देशको एक–एक इन्च अतिक्रमित भूमि फिर्ता सम्बन्धी प्रधानमन्त्रीको जवाफ राष्टघाती आत्मसमर्पणवादी छ । देशका लागि आवश्यक पर्दा हामीले जीवनको बलि चढाउन पर्छ भने प्रधानमन्त्रीले आफ्नो त्यो गलत, भ्रामक अभिव्यक्ति सम्मानित सभाको रोष्ट्रमबाटै गल्ती स्विकार गर्दै फिर्ता लिनु पर्छ भन्ने हाम्रो दल नेपाली कम्युनिष्ट पार्टीको स्पष्ट धारणा रहेको छ ।’
उनले आफूहरुको सवालको सम्बोधन नभएसम्म सदनको कामकारबाही अघि नबढाउन सभामुखसँग माग गरे ।




प्रतिक्रिया