बालेनलाई एमालेको प्रश्नः सेनाको कार्यक्रममा जाँदा दौरा सुरुवाल लगाउने, सदनमा आउँदा फुटबल खेल्ने पोशाकमा किन ?

बालेनलाई एमालेको प्रश्नः सेनाको कार्यक्रममा जाँदा दौरा सुरुवाल लगाउने, सदनमा आउँदा फुटबल खेल्ने पोशाकमा किन ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– एमालेले प्रधानमन्त्री बालेन्द्र शाहको पोशाकको विषयलाई लिएर प्रश्न गरेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा एमाले प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्री सदनमा आउँदा फुटबल खेल्ने पोशाक लगाएर आउने गरेको भन्दै आपत्ति जनाए ।

प्रधानमन्त्रीबाट संसदको मर्यादा र गरिमाको उल्लंघन भएको तथा सदनलाई उपेक्षा गरेको आरोप उनको थियो ।

महरले नेपाली सेनाले आयोजना गरेका कार्यक्रममा राष्ट्रिय पोशाक दौरा सुरुवालमा जाने प्रधानमन्त्री शाह संसदमा ‘फुटबल खेल्ने ड्रेस’ मा आउनुको कारण माग गरे । सदन फेसन शो गर्ने ठाउँ नभएको टिप्पणी उनले गरे ।

‘यो संसदको गरिमा कायम गरिनुपर्छ । यसको मर्यादा कायम गरिनुपर्छ । यो कुनै आफ्नो फेसन सो गर्ने ठाउँ होइन । यसको आफ्नो मर्यादा छ । यसको आफ्नो गरिमा छ’, उनले भने, ‘म हिजो प्रश्न सोध्नेवाला थिएँ प्रधानमन्त्रीज्यूलाई, सेनाले अयोजना गरेका कार्यक्रमहरुमा सेनाले व्यवस्थापन गरेका कार्यक्रमहरुमा प्रधानमन्त्री नेपाली पोशाकमा जानुहुन्छ । दौरासुरुवाल लगाएर जानुहुन्छ र जब सदनमा आउनुहुन्छ फुटबल खेल्ने ड्रेसमा आउनुहुन्छ । के हो यो सदनप्रतिको उहाँको दृष्टिकोण ? सदनलाई उहाँले उपेक्षा गर्नुभएको छ । ‘अण्डर स्टमेट’ गर्नुभएको छ । ‘इरेस्पेक्ट’ गर्नुभएको छ । यो गम्भीर कुरा छ ।’