दिल्ली ओर्लिए रवि, भाजपाका महासचिव सिंह र विदेश विभाग प्रमुखले गरे स्वागत

दिल्ली ओर्लिए रवि, भाजपाका महासचिव सिंह र विदेश विभाग प्रमुखले गरे स्वागत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत पुगेका छन् । सोमबार दिउँसो लामिछाने दिल्ली विमानस्थलमा ओर्लिएका हुन् ।

भारतीय जनता पार्टीका राष्ट्रिय महासचिव अरुण सिंह तथा विदेश विभाग प्रमुख विजय चौथाइवालेले लामिछानेलाई स्वागत गरेका छन् ।

भाजपाको निमन्त्रणमा सभापति लामिछाने ५ दिने भ्रमणका लागि भारत पुगेका हुन् ।

लामिछानेको भ्रमण दलमा श्रीमती निकिता पौडेल, पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्य, विदेश विभाग प्रमुख दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य छन् ।