संसद्मा अमर्यादित र आपत्तिजनक व्यवहार गरिएको भन्दै छानबिन समिति गठन

संसद्मा अमर्यादित र आपत्तिजनक व्यवहार गरिएको भन्दै छानबिन समिति गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधि सभाको सोमबारको बैठकले संसद्को आईतबारको बैठकमा सांसद सदस्यले अमर्यादित र आपत्तिजनक व्यवहार गरेको भन्दै ३ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रतिनिधिसभा सचिव प्रकाश अधिकारीको संयोजकत्वमा संघीय संसद् सचिवालयको आन्तरिक सेवा तथा योजना प्रमुख र प्रविधि महाशाखा प्रमुख सदस्य रहेको ३ सदस्यीय समिति गठन गरेका हुन् ।

समितिलाई ७ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

प्रतिनिधि सभाको आईतबारको बैठकमा केही सांसदले अमार्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन गरी भौतिक क्षति समेत पुर्‍याउने काम गरेको सभामुखले जानकारी गराएका छन् ।

प्रतिपक्षले आईतबार पनि सदन अवरुद्ध गरेपछि सोमबारका लागि तय भएका बैठकको कार्यसूचीका विषयहरू हटाइएको छ ।

प्रतिनिधि सभाको अर्को बैठक जेठ १९ गते १ बजे बस्ने जनाइएको छ ।