काठमाण्डु – विशेष अदालतले सुन तस्करी प्रकरणमा मुछिएका पूर्व सभामुख कृष्णबहादुर महरालाई १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
अदालतका अध्यक्षका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य बिदुर कोइरालाको इजलासले पूर्व सभामुख महरालाई विद्युतीय चुरोट (भेप) भित्र राखेर सुन तस्करीमा सघाएको आरोप सहितको मुद्दामा महरासँग १ लाख रुपैयाँ धरौटी मागेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट सुन तस्करीमा सघाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत चैत २६ गते पूर्व सभामुख कृष्णबहादुर महरा, उनका छोरा राहुलसहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
विमानस्थलबाट सुन तस्करी हुने र सुन छुटाउने समूहका व्यक्तिहरूसँग अस्वाभाविक भेटघाट र फोन सम्पर्क गरेको भनी अख्तियारले महरा लगायतमाथि मुद्दा चलाएको थियो ।




प्रतिक्रिया